अमेरिकामा प्रा. डा. बिष्णु पौड्यालको निधन


अमेरिकाका उच्च पदस्थ राजनीतिज्ञहरु माझ प्रभावशाली व्यक्तित्व ८९ बर्षका प्रा. डा. बिष्णु पौडेलको भर्जिनियामा निधन भएको छ ।

उहाँको आज विहान ११ बजे आफ्नै निवासमा निधन भएको त्यहाँबाट मेदिनी अधिकारीले जानकारी दिनुभयो । दुई छोरी र एकछोराका पिता पौडेल श्रीमति डाक्टर प्रमिला पौडेलका साथमा भर्जिनियामा बस्दै आउनुभएको थियो ।

डाक्टर प्रमिला पौडेलले अमेरिकी विदेश मन्त्रालयमा पूर्व बरिष्ठ अर्थशास्त्री हुनुहुन्छ । उहाँको विहान बसेकै कुर्सीमा निधन भएको जनाइएको छ । नर्सले पटकपटक बोलाउँदा पनि नबोलेपछि नजिक गएर हेर्दा उहाँको मृत्यु भइसकेको थियो । तत्काल फेयरफ्याक्स अस्पतालमा लगिएकोमा अस्पतालले उहाँलाई मृत घोषणा गरेको हो । उहाँको पुख्यौली घर नुवाकोट हो ।

झण्डै ५० बर्ष भन्दा अगाडि अमेरिका आउनुभएका पौडेल अमेरिकाका डेमोक्रेटिक उच्च पदस्थ राजनीतिज्ञहरुमाझ निकै प्रभावशाली व्यक्तित्व हुनुहुन्थ्यो भने उहाँलाई नेपालका लागि अमेरिकी राजदूत बनाउनका लागि डेमोक्रेटिक पार्टीका नेताहरुले तीनपटकसम्म सिफारिस गरेका थिए ।

उहाँ भारतीय कैयन राजनीतिज्ञहरुमाझ पनि चर्चित र प्रभावशाली व्यक्तित्व हुनुहुन्थ्यो । विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका उहाँबाट साउथ एशिया क्षेत्रको नीति निर्माणका सन्दर्भमा अमेरिकी विदेशमन्त्रालयले समेत परामर्श लिने गरेको थियो ।

नेपाली, हिन्दी, अँग्रेजी र संस्कृत भाषामा समेत उच्च दख्खल राख्ने पौडेलले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गर्नुभएको थियो । त्यसपछि २०२२ सालमा धनकुटा क्याम्पसमा क्याम्पस प्रमुख समेत हुनुभएका पौडेल अमेरिकामा प्राध्यापमकका रुपमा आउनुभएको थियो भने पछिल्लो समय भर्जिनियाको अमेरिकन कलेज अफ कमर्श एण्ड टेक्नोलोजीमा प्रोफेसर हुनुहुन्थ्यो ।

उहाँ उक्त कलेजको बोर्ड अफ ट्रस्टीको चेयर समेत हुनुहुन्थ्यो । उहाँ इक्वालिटी फाउण्डेशनका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो भने अमेरिकाको पुरानो नेपाली संस्था एनएनएका उपाध्यक्ष समेत हुनुहुन्थ्यो ।

उहाँको निधनले अमेरिकाको नेपाली डायस्पोरामा अपुरणीय क्षति पुगेको सामाजिक व्यक्तित्व इक्वालिटी फाउण्डेशनका सीईओ तथा एएनएका वर्तमान अध्यक्ष मेदिनी अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अमेरिकामा यो स्तरमा उच्च राजनीतिक तहसम्म पहुँच कायम गर्ने नेपाली मुलको व्यक्ति अरु कोही थिएन । उहाँको निधनबाट हामी स्तब्ध भएका छौं ।’

पछिल्लो समय उहाँले भारत र अमेरिकामा उच्च राजनीतिक तहमा आफ्नो पहुँचको सदुपयोग गरेर नेपालको हितमा काम गर्ने सोंचमा उहाँमा रहेको तथा त्यही अनुरुप नेपालका प्रधानमन्त्री लगायत उच्च राजनीतिक नेतृत्वलाई भेटेर यो विषयमा कुराकानी समेत भएको अधिकारीले जानकारी दिनुभयो ।
साभार: खसोखास


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope