न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले आफूसहित मन्त्रीमण्डलका सबै सदस्यको २० प्रतिशत पारिश्रमिक आउँदो ६ महिनासम्म कट्टा गर्ने घोषणा गरेकी छन् ।
कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्रमा परेको प्रभाव कम गर्नका लागि आफूहरुको तर्फबाट गरिएको प्रयास रहेको प्रधानमन्त्री ज्यासिन्डाले बताएकी छन् । पारिश्रमिक कटौति गर्दा पैसा केही भए पनि जोगिने उनको भनाई छ ।

बुधबार भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ज्यासिन्डाले भनिन्, ‘आज यो घोषणा गर्छु कि मसहित मन्त्रीपरिषदका सदस्यहरु तथा सार्वजनिक सेवाका प्रमुखहरुले आउँदो ६ महिनासम्म २० प्रतिशत कटौति गरी पारिश्रमिक लिने छौँ ।’
कोरोना भाइरसको महामारीका कारण काम प्रभावित हुँदा अर्थतन्त्रमा प्रभाव परेको र सर्वसाधारण नागरिकहरु सरकारी सहायताको भरमा रहेकाले त्यसलाई सम्बोधन गर्न आफूहरुले पारिश्रमिक कटौति गर्ने निर्णय गरेको उनले बताइन् ।
उनले भनेकी छन्, ‘हामीले गरेको पारिश्रमिक कटौतिले मात्रै अर्थतन्त्रलाई उकास्दैन । तर यो नेतृत्वको जिम्मेवारी उदाहरणका लागि हो । म सबै मन्त्रीहरु तथा सार्वजनिक क्षेत्रका प्रमुखहरुलाई यो निर्णयमा सहभागी हुनु भएकोमा धन्यबाद दिन चाहन्छु ।’
ज्यासिन्डा नेतृत्वको न्यूजिल्याण्ड सरकारले नागरिकका सबै आवश्यकता पूरा गरेर लकडाउन जारी राखेको छ । कोरोना भाइरसको संक्रमण अति कम छ र अहिले घट्दो क्रममा पनि रहेको छ । अहिलेसम्म न्यूजिल्याण्डमा संक्रमितको संख्या १३ सय ८६ छ र कोभिड–१९ बाट ९ जनाको मृत्यु भएको छ ।
सम्पुर्ण साभार: देश संचार
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com