विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार नाघेको छ ।

आइतबार ४ हजार ९ सय बढीको ज्यान गएसँगै विश्वभर मृत्यु हुनेको संख्या १ लाख ६५ हजार नाघेको हो ।

कोरोनाबाट सबैभन्दा अमेरिकामा ४० हजार ५ सयको ज्यान गएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्र १ हजार ५ सय बढीले ज्यान गुमाएका छन् ।

त्यस्तै, हालसम्म  इटालीमा २३ हजार ६ सय, स्पेनमा झण्डै साढे २० हजार, फ्रान्समा १९ हजार ७ सय, बेलायतमा १६ हजार, बेल्जियममा साढे ५ हजार, इरानमा ५ हजार, जर्मनी, चीनमा समान साढे ४ हजार संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.