सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न आदेश


व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।

गत २५ चैतमा कालोबजारी गरेको आरोपमा अग्रवाल काठमाडौंमा पक्राउ परेका थिए।

उनलाई लागेको आरोपमाथि अनुसन्धान गर्न यसअघि जिल्ला प्रशासनले पहिलो पटक ७ दिन र त्यसपछि ५ दिन अनुमति दिएको थियो।

जगदम्बा स्टिललगायत दर्जनौं उद्योग व्यवसायका मालिक अग्रवालको किर्गिस्तानका लागि अवैतनिक दूतको पद यही कालोबजारी काण्डमा परेपछि सरकारले रद्द गरिदिएको छ।

प्रहरीले उनी चढेको निलो नम्बर प्लेटको २०९–एचसीसी–१ नम्बरको गाडी र त्यसमा रहेका ६७ थान इन्फ्रारेड थर्मोमिटर बरामद गरेको थियो ।

महानगरीय अपराध महाशाखाबाट सादा पोशाकमा खटिएका प्रहरीले अग्रवाललाई २५ चैतमा नक्सालबाट पक्राउ गरेका थिए।

बजारमा अभाव रहेको ज्वरो नाप्ने इन्फ्रारेड थर्मोमिटरको कालो बजारी भइरहेको जानकारी पाएको अपराध महाशाखाले केही दिनदेखि अग्रवाललाई पछ्याइरहेको थियो।

महाशाखाका प्रहरीले ग्राहक बनेर अग्रवालसँग थर्मल गन किन्ने प्रस्ताव गरेपछि अग्रवालले धेरै पटकको केरकारपछि मात्रै कारोबारमा सहमति जनाएका थिए।

बजार भाउ प्रतिगोटा ३ हजार ५०० भन्दा बढी नपर्ने भनिएको उक्त थर्मल गनको मूल्य अग्रवालले सुरुमा २० हजार प्रतिगोटा भनेका थिए। तीन दिनदेखि बार्गेनिङ गर्दै जाँदा प्रतिगोटा रु १५ हजारमा कुरा मिलेको थियो।

२५ चैतमा प्रहरीले १० लाख मूल्यको सामान लिएर आउन भनेपछि अग्रवाल ६७ थान थर्मल गन लिएर निस्केका थिए। त्यसैबेला सादा पोशाकको प्रहरीले उनलाई पक्राउ गरेको हो।

सुरुमा उनी को हुन भन्ने थाहा नपाएको प्रहरी उनलाई कुटनीतिक नम्बर प्लेटको गाडीमा देखेपछि अचम्ममा परेको थियो।

प्राधिकरणको बक्यौतादेखि गुणस्तरहीन स्टिल उत्पादनसम्म

वार्षिक अर्बौं कारोबार गर्ने व्यावसायिक घराना शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवाल नेपाल उद्योग परिसंघका उपाध्यक्षसमेत हुन्।

देशले दैनिक १६ घण्टा लोडसेडिङ खेपिरहेका बेला शंकर समूहको जगदम्बा स्टिलले डेडिकेटेड लाइन लिएबापतको करिब अढाई अर्ब रुपैयाँ बक्यौता विद्युत प्राधिकरणलाई तिर्न बाँकी छ।

लोडसेडिङका बेला प्राधिकरणको नेतृत्वसँग ‘सेटिङ’ मिलाएर डेडिकेटेड फिडर लिएको उनी नेतृत्वको समूहमाथि आरोप छ।

कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएपछि बक्यौता उठाउन खोजे पनि समूहको पहुँच र सरकारी हस्तक्षेपका कारण उठ्न सकेको छैन।

केही वर्षअघि कवाडी कच्चा पदार्थ प्रयोग गरेर गुणस्तरहिन स्टिल उत्पादन गरेको आरोपमा सरकारी निकायबाट कारबाही भोगेको जगदम्बा स्टिल नक्कली भ्याट बिल प्रकरणमा पनि जोडिएको थियो।

सुलभ अग्रवालको नाम ट्याक्स हेभन मुलुकबाट लागनी भित्र्याउनेहरुको सूचीमा पनि जोडिएको थियो।

यूएईबाट आएको लगानीमा स्थापित जेएमजे इन्डष्ट्रिजमा सुलभ अग्रवाललाई स्थानीय साझेदार राखेर २०६३ फागुनमा पान मसला, सुपारी प्रशोधन गर्ने जेएमजे इन्डष्ट्रिज स्थापना गरिएको थियो।

तर, पछि नेपाली र विदेशी शेयर होल्डरबीच राम्रो सम्बन्ध नभएपछि नेपाली साझेदार यो कम्पनीबाट बाहिरिएको थियो।

सम्पुर्ण साभार: नेपाल समय


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope