टर्कीमा कोरोना भाईरस संक्रमितको संख्या आकासियो, चाईनालाई पनि जित्यो

८ बैशाख २०७७, सोमबार २२:४३

कोरोना भाईरस संक्रमितको हिसाबले टर्कीले चाईनालाई पनि उछिनेको छ ।

अहिले संक्रमितको संख्या झन्डै ९१ हजार पुगेको छ भने मृत्यु हुनेको संख्या २१ सय बढि छ ।

चाईनामा भने अहिले संक्रमितको संख्या ८२ हजार ७ सय ५८ छ ।

टर्कीको सहि तथ्याङ्क भने अझै नआएको बताईएको छ, न्युयोर्क टाईम्स लेख्छ । जुन यहाँ आधिकारिक रुपमा उल्लेख गरे भन्दा बढि हुनसक्छ ।

टर्कीमा पहिलो संक्रमित देखिने बित्तिक्कै पसल र कार्यालयहरु बन्द गरिएको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.