अमेरिकी ग्रिनकार्ड पनि बन्द


१० बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम दुई महिनासम्म बन्द गर्ने घोषणा गरेका छन् ।

यसअघि ट्रम्पले ट्वीट गरेर आप्रवासीहरुलाई अमेरिका आउन रोक लगाउने जानकारी दिएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी रूपमा मुलुकमा आप्रवासी रोक्ने कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने घोषणा गरेका थिए ।

ट्रम्पले भनेका छन्, ‘यो आदेश अमेरिकामा स्थायी रुपमा बस्न चाहनेहरुमाथि लागु हुन्छ र अस्थायी रुपमा काम गर्न अमेरिका आउनेहरुका लागि लागु हुँदैन । उनले भनेका छन्, ‘यदि आवश्यक परेमा यसलाई ३० दिनका लागि या त्योभन्दा पनि धेरै समयसम्म बढाउन पनि सकिन्छ ।’

अमेरिकीहरुको रोजगारी रक्षा गर्नुपर्ने पहिलो प्राथमिकता रहेको ट्रम्पको भनाइ छ ।

उनले भने, ‘अमेरिकामा विदेशीहरुलाई बस्न रोक लगाउनका लागि कार्यकारी आदेश जारी हुँदैछ । भोलिसम्ममा तयार भएर हस्ताक्षरका लागि आउने छ । यो आदेश कठोर हुने छ ।’

‘पहिले अमेरिकी जनतालाई प्राथमिकता दिनुपर्छ,’ ट्रम्पले भने, ‘कोरोना भाइरस संक्रमणको प्रभावका कारण अहिलेसम्म लाखौं अमेरिकीको रोजगारी गुमेको छ । त्यसैले ती अमेरिकीहरुको रोजगार सुनिश्चित गर्ने सरकारको नैतिक कर्तव्य हो ।’

ट्रम्पले भनेका छन्, ‘अमेरिकीले जागिर गुमाउने र त्यो स्थानमा आप्रवासीलाई जागिर दिने कुरा गलत र अन्यायपूर्ण हुन्छ । हामी हाम्रा अमेरिकी जनतालाई बचाउन चाहान्छौं र हामी उनीहरुप्रति रक्षात्मक बन्दै जानेछौं ।’


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope