कोरोना भाईरस अरु भाईरस भन्दा खतरनाक, तुलना गर्न छोडौ


यो नयाँ कोरोना भाईरस अरु भाईरस भन्दा फरक छ त्यहि भएर अरु भाईरस सँग यसलाई तुलना गर्न छोडौ, चाहे त्यो सार्स भाईरस होस् या ईबोला ।

यसका धेरै कारणहरु छन्, एउटा अनलाईन पत्रिका मेशेबल लेख्छ । अरु भाईरस जस्तो इबोला वा सार्स सँग तुलना गर्न मिल्दैन । ति भाईरसहरु जसको उपचारबिधि आइसकेको छ र यो कोरोना भाईरस जसको औषधि आउन १ बर्ष भन्दा बढि लाग्न सक्छ ।

यो सुन्तलालाई स्याउ सँग तुलाना गरेजस्तो होईन, यो त्यो भन्दा धेरै फरक हो, एक डाक्टर बताउँछन् । अहिलेको कोरोना भाईरस बिरुद्दको कुनैपनि एन्टीभाईरल औषधि पत्ता लागिसकेको छैन ।

अर्को तिर जतिपनि पहिलाको भाईरसहरु छन् ति सबैको एन्टी भाईरल औषधि पत्ता लागिसकेको छ । र जसरि कोरोना भाईरस भाइरल भएको छ त्यसरी कुनै पनि भाईरस भाईरल भएको थिएन ।

त्यसैगरी कोरोना भाईरसले विस्वका हरेक मानिसलाई छोएको छ, संक्रमित बनाएको छ । यो भाईरस यति चाँडो सरेको छ त्यसरी पहिले कुनै पनि भाईरस सरेको थिएन ।

अझ भन्ने हो भने ६५ बर्ष माथिका मानिसलाई त झन् झ्याप्पै समातेको छ । इबोला अर्थात सार्स भन्दा फरक, यो कोरोना भाईरसले स्वास्थ्य मानिसलाई पनि त्यतिकै चाँडो संक्रमित बनाएको छ । हेर्दा स्वास्थ्य देखिने मानिसलाई समेत थाहै नपाई यो भाईरस उनीहरु भित्र पसिसकेको हुन्छ ।

अनि यो भाइरसको अहिलेसम्म कुनै औषधिपत्ता लागेको छैन, मेशेबल लेख्छ, अझै १८ महिना भन्दा बढि लाग्न सक्छ औषधि आउन। फेरी यो भाईरसले यति छिट्टै यति धेरै मानिसहरुको ज्यान लिईसकेको छ ।

यो भाइरस लागेको मानिसमा हतपत कुनै सिम्प्टम पनि देखिदैन । अहिलेसम्म यो रोगको एउटै मात्र निराकरण भनेको सोसल डिस्ट्यान्सिङ्ग हो अर्थात सामाजिक दुरी कायम राख्ने ।

यो लेख पनि पढ्नुहोस ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope