अध्यादेश फिर्ता


काठमाडौं- सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको छ।

चौतर्फी विरोध भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषदसम्वन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो। सरकारले बैशाख ८ गते यि दुई अध्यादेश जारी गरेको थियो।

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी भए जस्तै सरकारको सिफारिसमा खारेज गर्ने व्यवस्था छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा जारी भएका दुई निर्णयको पार्टी भित्र र बाहिर तीब्र विरोध भएको थियो।

सरकारको कदमले देशमा राजनीतिक अस्थिरता हुने भन्दै विरोध भएका थिए। अध्यादेश जारी भएसँगै समाजवादी पाटी विभाजनको प्रयास समेत भयो। समाजवादी विभाजनको लागि स्वयम प्रधानमन्त्री लागि परेको आरोप लागेको छ।

विभाजनको लागि सप्तरीबाट समाजवादीका सांसदलाई अपहरण शैलीमा काठमाडौं समेत ल्याइयो। त्यसमा प्रधानमन्त्री निकट सांसद महेश बस्नेत, किशान श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संलग्न देखिए।

तर समाजवादी विभाजन नभइ राजपासँग एकता हुन पुग्यो। (साभार: नागरिक न्युज)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope