नेपालमा कोरोना संक्रमितको संख्या अब ५१ भयो

१४ बैशाख २०७७, आईतवार ०३:३४

वीरगन्जमा थप दुई जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको समय समाचार टिमलाई थाहा भएको छ ।

अहिले संक्रमित दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। गत चैत ३० गते वीरगन्जको छपकैयास्थित मस्जिदमा रहेका तीन जना भारतीयमा कोरोना संक्रमण देखिएपछि उनीहरूसँगको सम्पर्कमा आएका १ सय ८० जनाको पिसिआर परीक्षण गरिएकोमा दुई जनाको नतिजा पोजेटिभ आएको हो। आज थपिएका दुबै संक्रमित पुरुष हुन्। एकजना महानगरका सफाई गर्ने नाइके हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। जसमा १६ जना निको भएका छन्।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.