पोखरामा गुनासो सुन्न हटलाइन नम्बर जडान

पोखरा, १४ वैशाख
पोखरा महानगरपालिकाले नगरवासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न पैसा नलाग्ने हटलाइन नम्बर ११८१ र ११८६ सञ्चालन गरेको छ ।
नगरवासीले आफूलाई परेका समस्या टोल फ्रि नम्बर ११८१ र ११८६ मा फोन गरेर टिपाउन सक्ने महानगरले बताएको छ ।
वैशाख ३ गतेदेखि ११८१ नबर सञ्चालन भएकोमा अर्को नम्बर ११८६ आइतबारदेखि सञ्चालनमा आएको हो ।
कोरोना भाइरसको महामारीको समयमा नगरवासीका स्वास्थ्य सम्बन्धी गुनासा, लकडाउनले जोखिममा परेका समुदायको समस्या लगायत नगरवासीका हरेक गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टिम पनि बनाइएको पोखरा महानगरपालिका सूचना अधिकारी भरतराज पौडेलले बताए ।
समस्यामा परेका व्यक्तिहरुको उद्धार गर्नुपरेमा पनि ११८१ र ११८६ नम्बरमा फोन गरेर जानकारी दिन सकिने महानगरपालिकाले बताएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस