लकडाउन वैशाख २५ सम्म लम्बिने

१४ बैशाख २०७७, आईतवार ०९:४५

१४ वैशाख, काठमाडौं ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई फेरी २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो ।

तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेपछि उक्त कार्यदलले एक साता फेरी लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.