देश लकडाउनमा, बिहे भयो सिटौलाका छोराको झापामा

सेतो पाटी लेख्छ:
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका एक्ला छोरा श्यामप्रसाद सिटौलाले आइतबार विवाह गरे।
उनले अक्षय तृतीयाका दिन बिर्तामोडकी मनिषा विमलीसँग श्यामले बिहे गरेका हुन्।
तीन महिनाअघि हिजोका लागि बिहे मिति तोकिएकोले पूर्वनिर्धारित लगनमै बिहे गरेको सिटौलाले बताए।
‘लकडाउनको बेला सामाजिक दूरी कायम गरेर छोराको बिहे गरियो,’ सिटौलाले सेतोपाटीसँग भने।
सिटौला झापाका स्थानीय बासिन्दा हुन्। उनका छोराले झापा नै घर भएकी र भारतमा पढ्दै गरेकी मनिषासँग बिहे गरेका हुन्। बिहेमा आफूसहित चार जना जन्ती र दुलहा एउटा गाडीमा गएको उनले बताए। दुलहीका घरमा पनि १० जनामात्रै भेला थिए।
‘धुमधामसँग बिहे गर्ने अहिले बेला छैन। लकडाउन छ। पहिले नै बिहेको मिति तय गरेकोले सारेनौं,’ सिटौलाले सेतोपाटीसँग भने।
जन्ती गएकाहरूको मुखमा मास्क र हातमा सेनिटाइजर थियो।
अब यो समाचार पढेपछि तपाईं भन्नुहोस् कति उचित, कति सहि?
कतै बाटामा हिड्ने भोकै मरेका छन्, कतै काठमाण्डौ आउनेलाई बिचबाटोबाटै फ़र्काईएको छ । कतै झ्याई झ्याई बिहे हुँदैछ ?
लकडाउन लाग्ने क-कसलाई हो?
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस