बालुवाटारमा पत्रकारलाई प्रवेशमा रोक

१७ बैशाख २०७७, बुधबार ०८:४५

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको कुरा बाहिर आएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकको समाचार संकलनका लागि पत्रकारहरु बालुवाटार पुगेका हुन् । तर उनीहरुलाई प्रवेशमा रोक लगाइयो, पत्रकारहरुले बताए ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण देखाउँदै बालुवाटार प्रवेशमा रोक लगाइएको पत्रकारहरुले बताएका छन् । उनीहरु पानीमा रुझ्दै प्रधानमन्त्री निवासको प्रवेशद्वारा नजिक उभिएका छन् ।

भर्खरै नेकपाले बोलाएको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.