कर राजस्व तिर्ने अवधि थपियो


काठमाडौं । नेपाल सरकारलाई बुझाउँनुपर्ने सम्पूर्ण राजस्व जेठ २५ गतेसम्म बुझाउन पाइने भएको छ ।

सरकारले चैत र वैशाख महिनामा भूक्तानी गर्नुपर्ने अधिकांश करको भुक्तानीको समयावधी २५ जेठसम्मका लागि बढासँगै यो सुविधा प्राप्त भएको हो ।

१४ वैशाखको मन्त्रिपरिषदले कर तिर्ने समय १ महिना थप्ने निर्णय गरेको जानकारी आज सार्वजनिक भएको छ । यसअघि १६ चैतमा बसेको मन्त्रीपरिषद् बैठकले कर तिर्ने समय यही २५ वैशाखसम्म सारेको थियो ।

तर, यस अवधिमा पनि लकडाउन खुकुलो हुने अवस्था नआएपछि अर्थ मन्त्रालयले कर भुक्तानी गर्न सकिने अवधि एक महिना थप्ने निर्णय गरेको हो । लकडाउन लम्बिएपछि करदाता बैंक वा कर कार्यालयसम्म पुग्न पाएका छैनन् । यसअवधिमा आर्थिक गतिविधि समेत ठप्प प्रायः छन् ।

तर, अहिले कर कार्यालयहरुले भने कार्यालयसम्म आउने करदाताको चेक आफैले बैंकसम्म पुगेर साटिदिने गरेका छन् ।

लकडाउनकै अवधिमा समेत चेक लिएर आउने करदातालाई भने आन्तरिक राजस्व कार्यालयहरुले सहजीकरण गरिदिएको ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार कार्यालयसम्म कुनै करदाताले चेक लिएर आएमा कार्यालय आफैले बैंकसम्म लगेर डिपोजिट गर्न व्यवस्था मिलाइएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०७६–७७ मा कूल ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । त्यसमध्ये कर राजस्व मात्र १० खर्ब ९ अर्ब उठाउने लक्ष्य रहेको छ ।

Source: Janaboli


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope