देशभर संक्रमितकाे संख्या ११० पुग्याे

२७ बैशाख २०७७, शनिबार २१:२९

उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ ।

विराटनगरस्थित काेसी अस्पतालकाे प्रयोगशालामा गरिएको परीक्षणमा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको हो।

यसअघि शनिबार बिहान भुल्केकै तीन महिलामा संक्रमण पुष्टि भएकाे थियाे ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.