जातिय विभेदको विरुद्धमा विश्व हिन्दु महासंघ


पोखरा, २९ बैशाख ।

विश्व हिन्दु महासंघ नेपालले पोखरा १६ लामाचौरमा भएको जातिय विभेदसम्बन्धि घटनाको भत्र्सना गरेको छ । हिन्दु रितिरिवाज र सँस्कृतिको नाममा हुने कुनैपनि जातिय विभेद सम्बन्धि घटना महासंघका लागि अमान्य हुने उसले बताएको छ ।

महासंघ कास्कीका अध्यक्ष पार्वता पौडेल र महासचिव कमल पौडेलद्वारा सँयुक्त रुपमा जारी प्रेस विज्ञप्तीमार्फत संस्थाले जातिय विभेद गर्नु शास्त्र विपरित कार्य भएको र कानुनको हिसाबले पनि दण्डनीय रहेको बताएको छ । ‘सनातन धर्मको मुलग्रन्थ बेद, गीता तथा उपनिषद्मा कहिँ पनि उल्लेखख नभएको जातियताको विषयलाई लिएर समाजमा अमानविय घटना घटिरहेका छन् ।’ प्रेस विज्ञप्तीमा भनिएको छ–‘यो कुसँस्कार हो । र, यस्तै कुसँस्कारका कारण सनातन धर्ममाथि प्रहार भैरहेको छ । जातिय सद्भाव खलबलिएको छ ।’

विज्ञप्तीमार्फत महासंघ जातिय विभेदको स्पष्ट रुपमा विपक्षमा रहेको उल्लेख गरेको छ । साथै महासंघले हरेक जातियले सार्वजनिक स्थलको निर्विवाद प्रयोग गर्न पाउने अधिकारको पनि स्पष्ट कानुनी व्यवस्था हुनुपर्ने माग गरेको छ ।

साथै प्रदेश सांसद माननीय कृष्णबहादुर थापाले जारी गरेको प्रेस विज्ञप्तीप्रति लक्षित गर्दै महासंघले जातिय सद्भाव र भाइचारा सम्बन्ध कायम राख्न संयमता अपनाउन आग्रह गरेको छ । ‘न्यायिक छानबिनको क्रममका रहेको घटनालाई निष्पक्ष छानविन हुने वातावरण होस् र कसैबाट प्रभावमा परेर छानविनलाई तोडमोड गर्ने काम नहोस् भन्ने कुरामा हामी विशेष जोड दिन चाहन्छौँ ।’ संस्थाका महासचिव कमल पौडेलले भने ।

समाजमा घट्ने यस्तै जातिय विभेदका घटना र केही सद्भाव खलबलाउने नियत भएका व्यक्ति अनि संस्थाकै कारणले नेपालमा धर्मान्तरणको समस्या बढ्दै गएको महासंघको दाबी छ । साथै महासंघले यस्ता घटनालाई रितिरिवाज र सँस्कारको नाम दिएर धर्मलाई दुषित नबनाउन पनि आग्रह गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope