भारतसँग सधैँ झगडा गर्न सकिँदैन, माधवकुमार नेपाल


काठमाडौँ – सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सीमा मिचिएको विषयमा भारतसँग तत्काल वार्ता गर्नु पर्ने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा नेता नेपालले लिम्पियाधुरा–लिपुलेक–कालापानी नेपालको हो भन्ने कुरामा कुनै विवाद नरहेको बताउँदै भारतले नेपाली भूमि मिचेर बाटो बनाएको विषयमा तत्काल कुरा गर्नु पर्ने बताएका हुन् ।

उनले भने, ‘सबै राजनीतिक दल आफ्नो भूमि मिचिन दिनु हुँदैन भन्नेमा एक ढिक्का छन्। उच्च मनोबलका साथ भारत र चीनसँग पनि कुरा गर्नुपर्छ।’

नेपालमा भारत विरोधी भावना बढ्नुमा भारत नै दोषी रहेका बताउँदै उनले भने, ‘सीमा मिच्ने, सुरक्षा फौजले आक्रमण गर्ने गरेको छ । यसले भारतको छिमेकीप्रतिको धारणा नै गलत छ कि भन्ने आशंका जन्माएको छ। अतिक्रमणले नेपालको सार्वभौम सत्तामा आक्रमण गरेको छ। विवादित ठाउँमा यस्ता गतिविधि नगर्न हामीले गम्भीरता पूर्वक आवाज उठाउनुपर्छ।’

उनले अघि भनेका छन्, ‘महाकाली नदीपूर्वको क्षेत्र हाम्रो हो भन्नेमा धेरै प्रमाणहरु छन्। पटक–पटक जारी गरिएका नक्साले त्यो कुरा पुष्टि गर्दछ । यसलाई भारत र नेपाल सरकारले स्वीकार गरेको छ । यति प्रष्ट हुँदाहुँदै पनि मित्रसँग अविश्वास बढाउने काम भएको छ।’

सीमा मिचिएको विषय गति गम्भीर रहेकाले कोरोना भाइरसको महामारीको बहाना पारेर वार्ता टाल्न नहुने भन्दै उनले भने, ‘अहिले पनि भिडियो कन्फ्रेन्समार्फत कुरा गर्न सकिन्छ। अहिले कोरोनाको प्रकोप छ भनेर पन्छिन हुँदैन । मन्त्रीले विवादस्पद कुरा नबोल्नु, समस्या सिर्जना गर्ने, सरकारलाई बदनाम गर्ने काम नहोस्। तत्काल नक्सा सार्वजनिक गर्नुपर्छ।’

उनले भने, ‘भारतसँग सधैँ झगडा गर्न सकिँदैन, तारबार लगाउने हो कि के गर्ने हो हुनुपर्यो। कहिले सीमाबाट आतंकारी छिर्यो भनेको छ, कहिले के भनेको छ। यसलाई रोक्नुपर्छ।’

तत्काल नक्सा सार्वजनिक गरी सीमा नियमनका लागि सुरक्षाकर्मी राखिनु पर्ने उनले बताएका छन् । भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने सडकको ट्रयाक खोलेर उद्घाटन गरेपछि विरोध चर्केको हो ।

(Copied from Desh Sanchar online )


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope