‘यो प्रश्न चीनलाई सोध’


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि पत्रकारसँग उल्झिएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार भएको कोरोना भाइरस सम्बन्धी पत्रकार सम्मेलनमा ट्रम्प पुनः पत्रकारसँग विवादमा उत्रिएका हुन् ।

अमेरिकी टेलिभिजन नेटवर्क सिबिएस न्यूजकी पत्रकारले सोधेको प्रश्नको टर्रो जवाफ दिएका ट्रम्प सिएनएनकी पत्रकरासँग पनि विवादमा उत्रिएका हुन् । पत्रकारसँगको विवादपछि ट्रम्प बिचमै पोडियमबाट बाहिरिए । उनले एकाएक पत्रकार सम्मेलन अन्त्य गरे ।

अप्रिल २७ पछि पहिलोपटक दैनिक ब्रिफिङ्गमा उपस्थित भएका ट्रम्पलाई सिबिएस न्यूजकी पत्रकार वइजी जियाङ्गले ट्रम्पले लगातार विश्वका अरु देशमा भन्दा अमेरिकामा कोरोना भाइरसको परीक्षण अधिक भएको भन्दै जोड दिने गरेकोप्रति संकेत गर्दै ‘हरेक दिन अमेरिकीले ज्यान गुमाएका छन् र संक्रमण पनि बढीरहेको छ । यस्तो अवस्थामा तपाईँलाई यो कुराको महत्व किन छ ?’ भनेर सोधेकी थिइन् ।

त्यसको जवाफमा ट्रम्पले ‘यो कुरा मलाई नसोध, चीनसँग सोध’ भने।

ट्रम्पले विश्वभरि मानिस मरिहेको भन्दै ट्रम्पले पत्रकार जियाङ्गलाई भने, ‘शायद यो प्रश्न मलाई होइन तिम्ले चीनसँग सोध्नु पर्छ । मलाई नसोध । चीनलाई सोध त्यो प्रश्न । यो प्रश्न चीनलाई सोधे शायद तिम्ले अति असामान्य जवाफ पाउने छौ ।’

यति भनेर ट्रम्पले सिएनएनकी पत्रकार केटलन कोलिन्सलाई प्रश्न गर्न आग्रह गरे ।

तर जियाङ्गले ‘सर, तपाईँले मलाई नै किन यस्तो भनिरहनु भएको छ ?’ भनेर सोधिन् । त्यसको जवाफमा ट्रम्पले भने, ‘मैले तिम्लाई नै इंगिद गरेर भनेको होइन । त्यस्तो दुष्ट प्रश्न गर्ने सबैलाई भनेको हो ।’

सिबिएसकी पत्रकारले आफ्नो प्रश्न कुनै पनि तवरले खराब वा दुष्ट मनसायले युक्त नरहेको बताइन् ।

त्यसपछि सिएनएनकी पत्रकार कोलिन्सले प्रश्न गर्न खोजिन्, तर ट्रम्पले अर्कै पत्रकारलाई प्रश्नका लागि आग्रह गरे।

कोलिन्सले आफ्नो पालो रहेको बताइन् । तर ट्रम्पले बेलामा प्रश्न नगरिएकाले पालो काटिएको बताए । कोलिन्सले प्रश्न गर्न खोजिरहिन्, ट्रम्प पत्रकार सम्मेलन नै छोडेर हिँडे ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसका सबै कर्मचारीलाई मास्क अनिवार्य गरिएको दिन मास्क बिना उपस्थित भएका ट्रम्प पत्रकारसँगको विवादपछि रिसाउँदै रोज गार्डेनबाट बाहिरिएका हुन् ।

लगातार पत्रकारसँग उल्झिने गरेको र त्यसबाट उनको चुनावी अभियानमा नकारात्मक असर परेको उनका सहयोगीले बताएपछि ट्रम्पले नियमित पत्रकार सम्मेलनमा आफ्नो सहभागिता कम गरेका थिए ।
Copied from Desh Sanchar online


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope