बबरमहलमा आन्दाेलनकारीले यसरी जलाए मोदी र ओलीको, हेर्नुहोस भिडियाे


आन्दोलनकारीलाई रोक्न भनेर प्रहरी तम्तयार थियो । तर बबरमहलमा हात्तहुत्तै युवाहरुको समूह निस्कियो । ब्यानर र पुत्ला बोकेका उनीहरुले छिनभरमै नारा लगाउँदै आगो लगाए ।

युवाहरुले जलाएका पुत्ला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थियो।

भारतले नेपाली भूभागमा बाटो बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका युवा–विद्यार्थीले सोमबार ओली र मोदीको पत्ला दहन गरेका हुन् ।

युवा सीमा बचाउ अभियान अन्तर्गतका युवा–विद्यार्थीले सोमबार प्रदर्शनको क्रममा बबरमहलमा मोदी र ओलीको पुत्ला दहन गरेका हुन् । प्रहरीले १८ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । र उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ ।

लिपुलेक–कालापानी क्षेत्रको नेपाली भूभागसमेत पर्ने गरी भारतले धार्चुला हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि युवा–विद्यार्थी आन्दोलनमा छन् । उनीहरुले गएको शनिबारदेखि प्रदर्शन गर्दै आएका छन् । हेर्नुहोस भिड्यो

साभार: देश सञ्चार


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope