पत्रकार, नर्स सबमा कोरोना भाइरस, ह्वातै बढ्यो संक्रमितको संख्या नेपालमा


जनकपुरधाम । प्रदेश नम्बर २ मा एकैदिन ४० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

संक्रमितमा दुई जना पर्साका पत्रकार रहेको खुलेको छ । ती पत्रकारले रिपोर्टिङका क्रममा शंका लागेर नमुना परीक्षण गराएका थिए भने मङ्गलबार उनीहरु कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

सरकारले घोषणा गरेको लकडाउनलाई स्थानीय प्रशासनले केही खुकुलो बनाउँदै गएको बेला आज एकै पटक ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जसमा पर्साका ३९ र बाराका १ जना रहेका छन् ।

नेपालमै पहिलो पटक एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको हो ।

प्रदेश नम्बर ५ को प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले ती नर्समा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार आज कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुका ८ जना नै कपिलवस्तु नगरपालिकाका हुन् ।

हालसम्म १९१ जनामा कोरोना पुष्टि हुँदा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थिएन । अनौठो संयोग नै मान्नुपर्छ, आज अन्तर्राष्ट्रिय नर्सिङ दिवसकै दिन नेपालमा पहिलो पटक नर्समा पनि कोरोनाको संक्रमण पुष्टि भएको हो ।

केही अघि त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा कार्यरत दुई नर्समा कोरोना परीक्षण गर्दा आरडीटी पोजेटिभ आएको थियो तर पीसीआर परीक्षणमा नेगेटिभ आएको थियो ।

प्रदेश ५ मा मंगलबारमात्रै कपिलबस्तुमा ८ र रुपन्देहीमा ९ गरी १७ जना कोरोना संक्रमित थपिएका छन् ।

यसअघि सोमबार पनि कपिलबस्तु, रुपन्देही र बर्दिया जिल्लामा गरेर २३ जना थपिएका थिए ।

योसँगै प्रदेशमा संक्रमितको संख्या ७० पुगेको छ । भारतको मुम्बई र दिल्लीबाट आउनेहरुमा सबैभन्दा बढी संक्रमण देखिएको छ। पछिल्लो समय भारतसँग सीमा जोडिएका जिल्लाका क्वारेन्टाइनहरुमा परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या बढ्दै गएको हो।

प्रदेश ५ मा आज भेटिएका अधिकांश कोरोना संक्रमित भारतबाटै आएको खुलेको छ ।

प्रदेश नम्बर ५ कै बाँकेमा २४ जना संक्रमित रहेका छन् भने बर्दियामा पनि १ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यलय पर्साका अनुसार आज थपिएका संक्रमितमा वीरगन्ज महानगरपालिकास्थित वडा नम्बर १, २ र ३ तथा छिपहरमाई गाउँपालिकाका स्थानीयबासी रहेका छन् ।

यस्तै त्यस्तै बाराका संक्रमित विश्रामपुर गाउँपालिका वडा नम्बर ३ का हुन् । बाराका संक्रमित १४ वर्षीय किशोर रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा सूचना अधिकारी विजयकुमार झाले जानकारी दिए ।

योसंगै प्रदेश नम्बर २ मा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा ६४, बारामा ३, रौतहट ३, सर्लाहीमा १ र सप्तरी १ गरी जम्मा अहिलेसम्म ७२ जनामा कारोना संक्रमण पुष्टि भएको सूचना अधिकारी झाले जानकारी दिए ।

प्रदेश नम्बर २ पछि प्रदेश नम्बर ५ मा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने देशभर संक्रमितको संख्या १९१ पुगेको छ । ती मध्ये ३३ जना निको भएर घर फर्किसकेका छन् ।
साभार रातो पाटी


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope