काठमाडौ । भक्तपुर र काठमाडौँमा भेटिएका कोरोना संक्रमित तीन जना लकडाउनको समयमा सवारी पास लिएर उपत्यका छिरेको पाइएको छ । काठमाडौं चन्द्रागिरि नगरपालिका ९ महिला बैशाख २९ गते कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएको खुलेको हो। उनी गत आइतबार मात्रै निजी गाडीको पास बनाएर काठमाडौँ प्रवेश गरेकी हुन्।
स्वास्थ्य मन्त्रालयको स्रोतका अनुसार भक्तपुर निवासी २५ वर्षिया महिला पनि सुनसरीबाट यही बैशाख २९ गते नै काठमाडौँ उपत्यका छिरेको पाइएको छ। उनी मोटरसाइकलको पास बनाएर काठमाडौं आएकी हुन्। २७ वर्षिय पुरुष पनि केही दिनअघि मात्र सवारी पास बनाएर तराईबाट आएका थिए। यी तिनै जनाको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो। अहिले उनीहरू सबैलाई टेकुमै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ।

कोरोना भाइरस (कोभिड –१९)को संक्रमण आज फेरि २६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा आज पुनः काठमाडौँ उपत्यकासहितमा संक्रमण देखिएको पुष्टि गर्नुभयो । यससँगै संक्रमितको २१७ जना पुगेका छन् । यसअघि आज नै पर्साका ३९, रुपन्देहीका नौ, कपिलवस्तुका आठ र बाराका एक जना गरी ५७ जनामा देखिएको थियो ।
आज अपराह्न र अहिले राति मात्र गरी संक्रमित ८३ भेटिएका छन् । यो एक दिनमा नेपालमा भेटिएको सबभन्दा ठूलो संख्या हो । नयाँ संक्रमितमध्ये पर्सा जिल्लाका २२, २८, २८, ३२, ४५, ६० वर्षीय महिला तथा १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१, ६१ वर्षीय पुरुष छन् । यसैगरी महोत्तरी जिल्लाका १६ र ३५ वर्षीय पुरुष तथा धनुषा जिल्लाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष छन् ।
नयाँ संक्रमितमध्ये काठमाडौँ उपत्यकाका तीन जना रहेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो । सोअनुसार भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौँ जिल्लाकी ३५ वर्षीया महिला छिन् । यसैगरी सर्लाहीका ४५ वर्षीय पुरुषमा समेत संक्रमण रहेको जनाइएको छ । सहप्रवक्ता डा अधिकारीका अनुसार ती संक्रमितको अवस्था सामान्य रहेको र ती स्वास्थ्यकर्मीको निगरानीमा छन् ।
साभार: जनबोली
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com