अब कालापानीमा सशस्त्र प्रहरीको गुल्म, १ सय ६० प्रहरी खटिने


दार्चुलाको कालापनीमा अब सशस्त्र प्रहरी बलको गुल्म स्थापना गर्ने भएको छ । सशस्त्र प्रहरीको गुल्म स्थापनाका लागि प्रक्रिया थालिएको हो । हिजो कालापानी नजिकै छाङ्गरुमा सशस्त्र प्रहरीले बोडर आउट पोस्ट स्थापना गरेकोमा अब त्यहाँ सशस्त्र प्रहरीले भवन नै निर्माण गर्ने भएको हो ।

उक्त क्षेत्रको २५ रोपनी जमिनमा भवन निर्माणका लागि आज काठमाडौंबाट गएको इन्जिनियरको टोलीले नापनक्सांकन गरेको सशस्त्र प्रहरीले जनाएको छ । गुल्ममा १ सय ६० जना प्रहरी रहने त्यसको कमाण्ड डीएसपीले गर्ने गृह मन्त्रालय स्रोतले जनाएको छ । भवनका लागि स्थानीयले जमिन उपलब्ध गराएका थिए ।

गृह मन्त्रायका अनुसार भवन निर्माणका लागि ४/५ दिनमै टेन्डर आह्वान गर्ने तयारी गरिएको छ । भवन निर्माणको लागत ९ करोड अनुमान गरिएको छ । सोही गुल्मको महातहतमा कालापानी क्षेत्रमा अन्य बीओपी स्थापना गर्ने बताइएको छ ।

भारतले विवादित भनी स्वीकार गरेको जमिनमा धार्मिकस्थल मानसरोवर जानका लागि सडक बनाएपछि अहिले त्यसको विरोध भइरहेको छ । विवाद बढेपछि सरकारले कालापानी नजिक छाङ्गरुमा बीओपी स्थापनाका लागि २५ जना सशस्त्र प्रहरीको टोली पठाएको थियो । १२ महिनै त्यही क्षेत्रमा बस्ने गरी हिजो नै सशस्त्रको टोली छाङ्गरु पुगेर बीओपी स्थापना गरिसकेको छ ।

साभार: शिलापत्र


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope