पोखराका दृष्टिबिहीनहरु खध्यान्न संकटको मारमा


नेत्रहीन युवासंघ नेपाल कास्की शाखका अध्यक्ष सुर्य प्रदाद भट्टराईको समन्वयमा पोखराका बिभिन्न वडाहरुमा वसोबास गर्दै आएका १५ जना दृष्टिबिहिनहरुलाई राहात बितरण गरियो।

राहात पाउने दृष्टिबिहीनहरु मध्य २ जना दोहोरी साझमा २ जना मसाज सेन्टरमा र अन्य पोखराका बजारहरुमा धुप र फलफुल बेचेर आफ्नो दैनिकी चलाउदै आएका थिए।

राहात बितरण कार्यक्रम पोखरा महानगरपालिका वडा नं ३का अध्यक्ष रबिन्द्र वहादुर प्रजुको उपस्थितिमा भएको थियो।

यो त हाम्रो सानो प्रयास मात्र हो ।युवा संघका अध्यक्ष भट्टराईले भन्नुभयो “हाल देसभर चलिरहेको लकडाउनको करण उनिहरुको नियमित आयश्रोत वन्द भएको छ।आफ्नो थोरै कमाईबाट जिवन गुजारा गरिरहेका वहाँहरु हाल खध्यान्न सङ्कट झेलिरहनु भएको छ।

कोरना संक्रमणको अवस्था हेर्दा लक्डाउन अझै लम्विने देखिन्छ।लक्डाउन अझ १ महिना मात्र लम्बियो र राहात पाउने अवस्था रहेन भने वहाँहरु भोकभोकै रहने परिस्थिती वन्न सक्छ। बैशाख २० गते सन्जिवनि महिला समुह संग सन्वय गरेर १७ जना दृष्ट्रिबिहीनहरुलाई राहात दिएका थियौ। पहिले दिएकाहरुले फोन गरेर फेरी समस्या भएको सुनाउन थालिसक्नु भएको छ।

तर राहात दिने मनकारी मनहरु पाउन सकेको छैन।म संग मौजदात रहेको केही रकमले त ३ जना जतिलाई थोरै पुग्ला तर राहात चाहीनेहरुको संख्या बढदो छ। कसरी ब्यवस्थापन गर्ने दोधारमा परेको छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope