राष्ट्रिय संगितकर्मी संघ कास्कीद्वारा राहत वितरण

राष्ट्रिय संगितकर्मी संघ कास्कीले कोरोना भाइरस कोभिड १९ को अवसरमा, विद्यमान कलाकारको रोजीरोटी खसेको अवस्थामा कास्कीले ४० जना कलाकारलाई राहत वितरणा गरेको छ ।
राहत वितरण कार्यक्रम कास्कीले निरन्तरता दिदै यसलाई अझै अगाडि बढाउने कार्यक्रमका संयोजक कपिल श्रेष्ठले बताए । कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघ कास्कीका अध्यक्ष ऋषिराम दाहलले कलाकारहरुलाई परेको मर्काम सहयोग गर्न पाउँदा खुसी लागेको र कलाकारलाई सहयोग गर्दै जाने बताए ।
कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघ कास्कीका सल्लाहकार राजेन्द्र सापकोटा, सल्लाहकार कृष्ण प्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष कपिल श्रेष्ठ, सचिव जौमाया हिताङ, सदस्य रिजन बस्ताकोटीको उपस्थित लगायतले राहत बाढेका थिए । राहत कार्यक्रममा बोल्दै दृष्टिविहिन कलाकारले संगितकर्मी संघको कामप्रति सम्मान व्यक्त गरेका छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस