दुई राहातका समाचार


लुम्बिनी विकास बैंकद्वारा पोखरा लेकसाइडमा राहात सामग्री हस्तान्तरण

लुम्बिनी विकास बैंकले पोखरा ६ लेकसाइडमा विपन्नलाई लक्ष्त गरेर ५० हजार बराबरको सामग्री हस्तान्तण गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड—१९ को महामारी नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरको बन्दाबन्दीका कारण अप्ठेरोमा परेकाहरुलाई सहयोग गरेको हो ।

पोखरा महानगर पालिका वडा नम्बर ६ लेकसाईड, बैदाम आसपासको क्षेत्रमा समस्यामा परेका बिपन्न वर्गलाई राहात वितरण गर्ने उद्घेश्यले सहयोग गरेको हो । बैंकले ५ सय केजी चामल, ५० केजी दाल, ५० केजी चना, ५० लि. भट्टमास तेल र ५० पोका नुन लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।

बैंकका तर्फबाट सञ्चालक समिति सदस्य राम चन्द्र सिग्देल र पुर्ब अध्यक्ष तथा संस्थापक सुशिल राज पराजुलीले संयुक्त रुपमा वडा नम्बर ६ का वडाअध्यक्ष जगत बहादुर पहारीलाई हस्तान्तरण गरेको हो । वडा अध्यक्ष पहारीले बिपतको समयमा बैंकले गरेको सहयोगले लक्षित बर्गमा थोरै भए पनि राहात मिल्ने बताए ।

त्यस्तै सञ्चालक सिग्देलले बैंकले यस प्रकारको राहात सामग्री हस्तान्तरण तथा वितरण कार्यक्रम गत बैशाख महिनामा पोखरा महानगरपालिकाको वडा नम्बर १५ र १७ लगायत देशको बिभिन्न स्थानमा गरि सकेको बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न क्षेत्रमा सामाजिक कार्य र्गदै आइरहेको र सो को निरन्तरता रहने समेत बताए ।

लेकसाइड शाखाका शाखा प्रबन्धक महेन्द्र कुमार श्रेष्ठले विकास बैंकको ७ वटै प्रदेशमा उपस्थिति रहेको छ भने हाल देशका बिभिन्न जिल्लामा ६८ शाखा कार्यलय मार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

जस मध्ये पोखरा महानगरपालिकामा न्यूरोड, महेन्द्रपूल, लेकसाईड, छोरेपाटन, रामबजार, लामाचौर, फूलबारी र राजाकाचौतारा गरि ८ वटा शाखा कार्यालय रहेको छ । कार्यक्रममा वडा सदस्य हरिकृष्ण पहारी, राममाया बिक लगाएत बैंकका प्रबन्धक प्रकाशचन्द्र पहारी र कर्मचारीले सामग्री हस्तान्तरणमा सघाएका थिए ।

छाँया नेपालबाट पोखरामा राहत सामग्री वितरण

लामो समयको लकडाउनका कारण अप्ठोरोमा परेकालाई छाया नेपालले सहयोग गरेको छ । लकडाउनका कारण देशैभरको सबै उद्योग, ब्यवसाय, होटल, रेष्टुरेण्ट, स्कुुल, कजेज, सडक निर्माण, निजी तथा ब्यवसायीक भवन निमार्णकार्य लगायत सबै काम बन्द छन् । लकडाउनको कारणले दैनिक ज्यालादारी गर्नेले काम नपाएकोले आम्दानी खानाका लागि अप्ठेरोमा परेकाहरुलाई लक्ष्त गरेर सहयोग गरेको हो ।
सस्थाले पोखरा महानगनरपालिका वडा नम्बर ६ शान्तीपाटन बैदाममा एक सय परिवारलाई राहत वितरण गरेको हो । २५ केजी चामल, दाल, चिउरा, चिनी, सोयाविन, खाने तेल, नुन र साबुन लगायत करीब दुई लाख पचास हजार रुपैया बराबरको राहत सामग्री वितरण गरिएको हो ।
पोखरा महानगरापालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगत बहादुर पहारी, छाया नेपालका मेडिकल डाईरेक्टर डाक्टर रविराज तिमसेना, वडा सदस्य हरी पहारी सहितले राहत सामग्री वितरण गरेका थिए । राहत वितरणमा धेरै अघि देखि पोखरामा बस्दै आउनु भएका विदेशि नागरीक टोमस, अलेक्स, माईक र पोखरा ६, का धु्रर्व बस्नेत र संगिता बस्नेत समेतले सहयोग गरेका थिए ।
राहत विरण कार्यक्रममा वडा अध्यक्ष पहारीले राहतको सहि सदुपयोग गरी कोरोना रोगबाट बच्न साबुन पानीले नियमित हात धुने, स्वास्थमा विशेष ध्यान दिन र सकेसम्म घरैमा बस्न सबैलाई अनुरोध गरे ।
छाँया नेपालका मेडिकल डाईरेक्टर डा. तिमसेनाले छाँया नेपालले, देशका काठमाण्डौं, भक्तपुर, सर्लाही, पोखरा गरी एक हजार भन्दा बढी परिवारलाई राहत वितरण गरेको बताए । ट्युज्डे फर राई कार्यक्रम अन्र्तगत आगामी मंगलबार पोखरामा खाचाँेमा परेका परिवारलाई राहत वितरण गर्ने उनले बताए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope