ओबामाले गरे फेरि ट्रम्प प्रशासनको गम्भीर आलोचना


अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले ट्रम्प प्रशासनको गम्भीर आलोचना गरेका छन् । अमेरिकाका ४४ औँ राष्ट्रपति ओबामाले सार्वजनिक रुपमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आलोचना अति कम गर्ने गरेका छन् ।

तर उनले कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासमा वर्तमान प्रशासनले गम्भीर त्रुटी गरेको भन्दै आलोचना गरेका हुन् । एक हप्ताको अवधिमा उनले ट्रम्प प्रशासनमाथि दोस्रो पटक आक्रमण गरेका हुन् ।

स्थानीय समय अनुसार शनिबार बेलुका पूर्व राष्ट्रपति ओबामाले यो वर्ष कलेजबाट दीक्षित भएकाहरुको भर्च्यूअल दीक्षान्त समारोहको प्रारम्भमा गरेको सम्बोधनमा ओबामाले ट्रम्प प्रशासनको आलोचना गरेका हुन् ।

पूर्व राष्ट्रपति ओबामाले दीक्षित भएका विद्यार्थीलाई सम्बोधन गर्दै सत्ताको बागडोर सम्हालेका व्यक्तिले सधैँ आफूले के गरिरहेको छु भन्ने थाहा नपाउने बताएका हुन् ।

ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नलिइ कोरोना भाइरस महामारी नियन्त्रणका लागि हालको प्रशासनले गरेको कामको आलोचना गरेका हुन् ।

एक हप्ताअघि आफू राष्ट्रपति रहेका बेला सँगै काम गरेकाहरुसँगको निजी छलफलको क्रममा ओबामाले ट्रम्प प्रशासनको आलोचना गरेका थिए । ट्रम्प प्रशासनले कोभिड–१९ नियन्त्रणमा लिनका लागि गरेको प्रयास अपर्याप्त भएको ओबामाले उल्लेख गरेका छन् ।

शनिबार हिस्टोरिकल ब्ल्याक कलेजहरु तथा विश्वविद्यालयबाट दीक्षित हुने विद्यार्थीलाई भर्च्यूअल दीक्षान्त समारोह मार्फत सम्बोधन गर्दै ओबामाले भनेका छन्, ‘यो महामारीले सत्तामा रहेका धेरै व्यक्तिहरुको वास्तविकताबाट पर्दा उठाएको छ । सत्ता रहेका धेरै व्यक्तिले त बागडोर आफ्नो हातमा छ जस्तो पनि गरेका छैनन् ।’

उनले विद्यार्थीहरुलाई सम्बोधन गर्दै भने, ‘यदी यो विश्व राम्रो हुन्छ भने त्यो तपाईँहरुको हातमा छ ।’

यसअघि ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केयली म्याकनानीले वक्तव्य जारी गरेर राष्ट्रपति ट्रम्पले कोरोना भाइरस महामारीमा गरेको असाधारण कामले धेरै अमेरिकीको ज्यान जोगाएको दाबी गरेकी थिइन् ।

आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जो बाइडेनलाई समर्थन गर्ने बताइसकेका ओबामा पछिल्लो समय खुलेर आउन थालेका छन् । उनले आउँदो चुनावमा आफ्नो कार्यकालका उपराष्ट्रपति बाइडेनलाई जिताउन आफ्नो तर्फबाट सबै प्रयास गर्ने बताइसकेका छन् ।

(Copied from Desh sanchar)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope