काठमाडौं । नेपालमा थप १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या २९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान ७ः१५ बजे अध्यावधिक गरेको विवरणअनुसार थप १० जनामा नयाँ संक्रमण पुष्टी भएको हो ।
नयाँ पुष्टि हुनेमा रौतहट राजपुर न।पा। फरहदवा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरू र रौतहट इशनाथ न.पा.–३, ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरू रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परीणमा उनीहरुमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ३६ जना निको भैसक्दा एक जनाको कोरोनाका कारण ज्यान गएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com