यसरि हुन्छ कोरोनाको उपचार


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल कोरोना भाइरस संक्रमितको उपचारमा फोकस छ । त्यही अस्पतालको आइसोलेसनमा छन् ५ जना कोरोना संक्रमित । एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो सर्ने भएकाले संक्रमितलाई छुन मिल्दैन ।त्यसो हो भने डाक्टर र नर्सले कसरी उपचार गर्छन् भन्ने लाग्नु स्वाभाविक हो । 

आहा ! टेकु प्रयोगशालाको लोभलाग्दो मनोबल

कसरी उपचार गर्ने त ?

टेकु अस्पतालले आइसेलेसनमा विशेष सुविधाको व्यवस्था गरेको छ । एउटा आइसोलेसन कोठामा एक जना राखिएको हुन्छ ।  

‘उनीहरूको लक्षणको आधारमा उपचार गरिन्छ’, अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले भने, ‘भाइरसको कुनै औषधि त छैन तर लक्षण कस्तो छ ? के समस्या छ ? त्यसको आधारमा औषधि दिने, नदिने निर्णय लिन्छौँ ।’

टेकु अस्पतालमा डेढ घण्टा

डाक्टर/नर्सले छुनै पर्छ

संक्रमितलाई नछोई उपचार गर्न सकिँँदैन । बिहान एक पटक डाक्टर, नर्सको टिमको राउण्ड हुन्छ । संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा डाक्टर, नर्सले फोनबाट जानकारी लिन्छन् । आफूलाई समस्या भएका संक्रमितले पनि फोनबाटै डाक्टर, नर्सलाई जानकारी गराउँछन् । 

‘संक्रमितको एलएफटी, आरएफटी, सीबीसी हेरेर त्यसको आधारमा उनीहरूको स्वास्थ्य कस्तो छ, मूल्याङकन गरिन्छ’, उनले भने, ‘संक्रमितसँग डाक्टर र नर्सले फोन, भिडियोबाट कुरा गर्ने व्यवस्था पनि छ ।’

डाक्टर-नर्सका व्यथा : परिवारको दबाब र जिम्मेवारीक‍ो तनाव

डाक्टर र नर्सले पीपीई लगाएर उपचार गर्छन्

संक्रमितलाई छोएर उपचार गर्नुपरेमा डाक्टर र नर्सले पीपीई लगाउँछन् । परीक्षणका लागि स्वाब निकाल्नुपरे, अक्सिजन र भेन्टिलेटरको प्रयोग गर्नुपरेमा डाक्टर र नर्सले पीपीई लगाउँछन् । 

रोबोटबाटले पुर्‍याउंँछ खाना, औषधि र पानी

टेकु अस्पतालमा संक्रमितका लागि औषधि, पानी र खाना रोबोटले पुर्‍याउँछ । धेरै भेटघाट नगर्दा उपयुक्त हुने भएकाले रोबोट राखिएको हो । यसले डाक्टर, नर्स र संक्रमितलाई सहज बनाएको छ । 

टेकुका चिकित्सक जसले परिवार बिर्सेर कोरोना आशंकित मात्रै हेरिरहे

रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज

संक्रमितको रिपोर्ट नेगेटिभ नआएसम्म अस्पतालमै राखेर उपचार गरिन्छ । २ पटक नेगेटिभ आएपछि मात्र डिस्चार्च गरिने निर्देश डा. राजभणडरीले बताए । डिस्चार्ज भएको अर्को हप्ता परीक्षणका लागि फेरि पीसीआर परीक्षण गरिन्छ । घर गएर पनि कम्तीमा १४ दिन क्वारेन्टाइनमै बस्नुपर्ने हुन्छ । 
(Copied from Shilapatra)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope