भारतमा कोरोना भाइरसबाट एकै दिन ६ हजार बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ६ हजार १४७ जना संक्रमित थपिएका हुन् ।
भारतमा एक दिनमा थपिएको संक्रमितको संख्या यो अहिलेसम्मकै बढी हो । यसअघि त्यहाँ २४ घण्टामा सबैभन्दा बढी ५ हजार ५० जना थपिएको तथ्यांक छ ।
योसँगै भारतमा कुल संक्रमितको संख्या १ लाख ६ हजार ४ सय नाघेको छ । जसमध्ये ४२ हजार ३ सय उपचारपछि निको हुँदा ३ हजार ३ सय संक्रमितले ज्यान गुमाएका छन् । गत २४ घण्टामा भारतमा १ सय ४६ जनाको मृत्यु भएको छ ।
अघिल्लो दिनको तुलानामा त्यहाँ संक्रमित र मृत्यु हुनेको संख्या बढेको छ । सोमबार भारतमा ४ हजार ६ सय नयाँ संक्रमित थपिँदा १ सय ३१ जनाले ज्यान गुमाएका थिए ।
गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको कोरोनाबाट अहिलेसम्म ४९ लाख ८२ हजार व्यक्ति संक्रमित भएका छन् । जसमध्ये १९ लाख ५६ हजार व्यक्ति उपचारपछि स्वस्थ्य हुँदा ३ लाख २४ हजार व्यक्तिको मृत्यु भएको छ ।
Copied from Shilapatra
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com