पोखरा । भारतबाट नेपाल आएका बाग्लुङका अलपत्र १६ जनालाई चलचित्र पत्रकार संघ कास्कीले निशुल्क खाना खुवाएको छ ।
दुई दिनदेखि भोकै रहेका उनिहरुलाई पोखरा नेपाल युके फाउन्डेशनको सहयोगमा खाना, जुस, पानी, चाउचाउ उपलब्ध गराइएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले जानकारी गराए ।

चलचित्र पत्रकार संघ कास्कीका पुर्व सचिव सुशन घिमिरेले भारतबाट १६ नेपाली बाग्लुङ जान लागेको र उनिहरु दुई दिनदेखि भोकै रहेको जानकारी दिएसङ्गै शनिबार चलचित्र पत्रकार संघले सिम्पानी पुगी खाना दिएको हो ।
“४ दिन लगाएर हामी भारतको हरिद्वारबाट नेपाल प्रवेश गरेउ । बाटोमा पैसा तिरेर खान समेत पाइएन । यस्तो सहयोग त कुरै छाडौ । दुईदिनको भोको पेटलाई पोखरा आएर भर्न पाउँदा निकै राहत मिलेको छ । चलचित्र पत्रकार संघ कास्कीलाई धन्यवाद ।”, भारतबाट आएका एक नेपालीले भने ।
अध्यक्ष गिरीले उनिहरुलाई बागलुङ पुगेर क्वारेन्टाइनमा बस्न र सरकारले जारी गरेको लकडाउनको पुर्ण पालना गर्न सुझाए । उनले महामारीका बेला आपतमा परेका विपन्नलाई संघले घरमै पुगेर राहत उपलब्ध गराउने बताए ।” हामी मनोरञ्जनका कार्यक्रम मात्रै गर्दैनौ सामाजिक सेवा समेत हाम्रो दायित्व भित्र पर्छ”, उनले भने ।
चलचित्र पत्रकार संघ कास्कीले यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीलाई सेनिटाइजर सहयोग गरेको थियो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com