थप ४ जनामा कोरोना, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६

१४ जेष्ठ २०७७, बुधबार २३:३१

पोखरा । स्याङ्जा र नवलपुरमा थप चारजनामा कोरोना संक्रमण देखिएको छ  । स्याङ्जाको वालिङमा क्वारेन्टाइनमा रहेका २६ र २२ वर्षका दुई युवा ३९ वर्षकी एक महिलामा कोरोना देखिएको हो । उनीहरु सबैलाई सदरमुकाममा लैजाने तयारी भइरहेको छ ।

त्यस्तै गण्डकी प्रदेशको बर्दघाटपूर्व नवलपुर देबचुली नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक युवालाई कोरोना देखिएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

(Copied from 12khari)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.