बिँडि सेवन गर्दा जलेर मृत्यु

१६ जेष्ठ २०७७, शुक्रबार ०३:३३

जनकपुरधाम । सर्लाहीमा बिँडी सेवन गर्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपूर्वा नगरपालिका ५ बस्ने ७० वर्षीय रामसुकुल साह रहेका छन् ।

गत जेठ ११ गते बिँडी सेवन गर्ने क्रममा अचानक उनले लगाएको कपडामा आगो सल्किन पुगेको थियो । शरीरमै आगो सल्केर गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल ल्याइएको थियो ।

उनको उपचारका क्रममा बिहीबार राति अस्पतालमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रबक्ता एवं डिएसपी मदन कुँवरले जानकारी दिए ।

साभार: अनलाईन खबर।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.