भारत कोरोनाबाट सर्वाधिक प्रभावित हुने विश्वको सातौं मुलुक

यसैगरी जोन्स हपकिन्स विश्वविद्यालयले भारतमा संक्रमित संख्या दुई लाखको नजिक पुगेको जनाएको छ।
विश्वविद्यालयका अनुसार भारतमा हालसम्म संक्रमित संख्या १ लाख ९० हजार ६ सय ९ पुगेको छ भने सोका कारण ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय ८ पुगेको छ।
विश्वमा हाल अमेरिका र ब्राजिल सबैभन्दा धेरै कोरोना प्रभावित मुलुक हुन्। अमेरिकामा हालसम्म कोरोनाका कारण १ लाख बढी मानिसहरूको ज्यान गइसकेको छ भने १७ लाख मानिसमा संक्रमण पुष्टि भइसकेको छ।
यसैगरी ब्राजिलमा संक्रमित संख्या ५ लाख बढी भएको छ भने ३० हजारबढीको ज्यान गइसकेको छ।
यसैगरी पछिल्लो विश्व विवरण अनुसार विश्वमा कोरोना संक्रमित संख्या ६१ लाख नाघेको छ भने ३ लाख ७० हजार बढीको ज्यान गइसकेको छ।
(Copied from Seto pati)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस