क्वारेन्टाइन बसेकी २२ वर्षीया युवतीको मृत्यु

२० जेष्ठ २०७७, मंगलवार ०४:०७

कोरोना संकमणको आशंकामा क्वारेन्टाइन बसेकी एक युवतीको मृत्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक युवतीको सोमबार साँझ मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा सोही ठाउँमा घर भएकी २२ वर्षीया युवतीको मृत्यु भएको हो ।

उनी केही दिनअघि मात्रै भारतबाट आएकी हुन् । जानकारी अनुसार युवतीले दमको उपचार गराइरहेको प्रारम्भिक खुलासा भएको छि । जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टका अनुसार मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थलतर्फ पठाइएको छ ।

(Copied from Janaboli)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.