विवाद भएपछि अर्को उडान


काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन एयर अरेबियाको विमान शुक्रबार नेपाल आउने निश्चित भएको छ।

तर उक्त उडानमा यसअघि निर्धारित १६८ जना नेपालीहरु रहने छैनन्। युएइले आफ्नै खर्चमा १६८ जना नेपालीलाई स्वदेश फर्काउने भनिएको उडान भने अझै अनिश्चित नै रहेको छ।

अहिले आफ्नै खर्चमा आउन चाहेका नेपालीहरुलाई लिएर एयर अरेबियाको विमान नेपालका लागि उड्ने निश्चित भएको हो। तर उनीहरुलाई टिकटको व्यवस्था कम्पनीले गर्‍यो या आफै टिकट काटे भन्नेबारे खुलेको छैन। यो विमानमा कति जना आउँदैछन् भन्ने पनि खुलेको छैन।

प्राथमिकताका आधारमा पहिलो चरणको छनोटमा परेकाहरु भने उडान अनिश्चित हुँदा अन्यौलमा परेका छन्।

संयुक्त अबर इमिरेट्स (युएई)मा अलपत्र परेका १ सय ६८ नेपाली लिएर शुक्रबार मध्यान्ह एयर अरेबियाको विमान नेपाल आउने तय भए पनि पैसा कसले तिर्ने भन्ने विवाद हुँदा उक्त उडान अनिश्चित बनेको छ।

स्वदेश आउने यात्रु परिवर्तन भएपछि अब उनीहरुको क्वारेन्टाइन सम्मको यात्रा व्यवस्थापनका लागि कठिनाई उत्पन्न हुने देखिएको छ। पूर्वनिर्धारित कार्यक्रम अनुसार पहिलो नम्बरको छनोटमा परेकाहरुको गन्तव्यका आधारमा गाडीसहितको व्यवस्थापनको बन्दोबस्त गरिएको थियो ।

तर अब सुरुमा आउने यात्रु फेरिएपछि क्वारेन्टाइनसम्म पुर्‍याउनका लागि गरिएको तयारीमा पनि परिवर्तन गर्न थालिएको बुझिएको छ।

(Copied from Desh Sanchar)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope