कोरोनाबारे सरकारलाई कांग्रेसको पाँच प्रश्न


२७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को लडाइँबाट सरकारले पार लगाउँदैन भन्ने आफ्नो निश्कर्ष संसदमा सुनाएको छ । सँगै सरकारलाई पाँच प्रश्न गरेको छ । यसको जवाफ नदिए चुप लागेर नबस्ने भन्दै उसले संसद अवरुद्ध हुनसक्ने संकेत गरेको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद गगन थापाले कोरोनाको लडाईं सरकारले पार लगाउँदैन भन्ने निश्कर्षमा कांग्रेस पुगेको बताए । ‘सबै कुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकार तथा सरकारको अर्कमण्यता र असक्षमताको कारण कोरोना महामारी नियन्त्रण बाहिर जाने अवस्था आएको भन्दै उनले पाँच प्रश्न उठाएका छन् ।

पहिलो प्रश्न : मृत्युको जिम्मा कसले लिन्छ ?

कोभिड–१९ बाट नेपालभन्दा बाहिर १२७ जनाको मृत्यु भएको तथा नेपालमा ३७६२ संक्रमित र १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक रहेको भन्दै कांग्रेस सांसद थापाले प्रश्न गरेका छन्, ‘के मृत्यु हुनेको संख्या १४ मात्रै हो ?’

‘भोकबाट मारिएका सूर्यबहादुर तामाङ वा झुण्डिएर मरेका चन्द्रबहादुर परियार र औषधि खान नपाएर मरेकी कंकादेवी बोहरा वा सुत्केरी भएर अस्पताल जान नपाएकी लालकुमारी रोकायाको मृत्युको जिम्मा कल्ले लिन्छ ? क्वारेन्टिनमा मृत्यु भएको सुनिता लोहारको मृत्युको जिम्मा कल्ले लिन्छ ? झुण्डिएर मर्न बाध्य भएका लिला वल्लभ वा आत्मदाह गर्न बाध्य भएका सिद्धार्थ आहुजीको जिम्मा कल्ले लिन्छ ? सांसद थापाको प्रश्न छ ।

दोस्रो प्रश्न : १० खर्ब कहाँ खर्च भयो ?

सरकारले कोरोना नियन्त्रणका लागि खर्च गरेको भनेको १० खर्ब कहाँ गयो भनेर उनले सोधेका छन् ।

पाँच वटा पीसीआर मेसिन र ३० हजार किट किनेको सरकारले अरु रकम कहाँ खर्च भयो भन्ने हिसाब देखाउनुपर्ने उनले बताए । राष्ट्रिय विपत्तिको बेलामा स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचार गर्नु निर्लज्जताको पराकाष्टा भएको उनले बताए ।

तेस्रो प्रश्न : क्वारेन्टिन हो कि मान्छे मार्ने कन्सर्न्ट्रेसन क्याम्प ?

सरकारी तथ्यांकअनुसार देशभरका क्वारेन्टिनमा १ लाख ७० हजार नागरिक रहेको छन् । उनीहरु मध्ये बहुसंख्यक भारतबाट आएका छन् । उनीहरुको उचित व्यवस्थापन नभएको भन्दै सांसद थापाले सरकारलाई प्रश्न गरेका छन्, ‘यो क्वारेन्टिन हो कि मान्छे मार्ने कन्सर्न्ट्रेसन क्याम्प हो । हामीलाई जवाफ चाहिन्छ ।’

चौथो प्रश्न : कसले भनेर पीसीआरको दायरा साँघुरो बनाएको ?

सबैले पीसीआर टेष्टको दायरा बढाऊ भनेर सुझाव दिएको बेला सरकारले भने परीक्षणको दायरालाई नै साँघुरो बनाएको भन्दै उनले आक्रोश पोखेका छन् । ‘अब क्वारेन्टिनमा बस्नेहरुको पीसीआर नगर्ने रे ! अब संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेपछि घर पठाउने बेला पनि टेष्ट नगर्ने रे !’ उनले भने, ‘यस्तो गर्न प्रधानमन्त्रीले भन्नु भएको हो ? स्वास्थ्यमन्त्रीले भन्नुभएको हो ? भोलि एकाध निर्दो कर्मचारीको सरुवा गरेर दोषबाट भाग्न पाइँदैन ।’

उनले सरकारलाई व्यंग्य गरेका छन्, बरु सरकारले यसो हुन्छ, टेष्ट गर्नै बन्द गरिदिने, नेपाललाई कोरोना फ्री भनिदिने । किनकी टेष्ट नगरपछि संक्रमण देखिँदैन ।’

पाँचौ प्रश्न : आरडीटीको अपराध कसले गरेको ?

उनले कोरोना एन्टीवडी परीक्षणका लागि र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिको परीक्षण माथि प्रश्न उठाएका छन् । विज्ञहरु र स्वास्थ्य मन्त्रालयले ‘आरडीटी टेष्ट काम लाग्दैन । न विश्वसनीय छ न नेपालको अहिलेको संक्रमणमा औचित्य छ’ भनेको भन्दै उनले भने, ‘तर जबरजस्ती आडीटी टेष्टको यो अपराधको जिम्मा कसले लिने ? हामीलाई जपाफ चाहिन्छ ।’
अस्पतालको तयारी नभएको, दीर्घरोगीहरुको उपचार नपाएको, विदेशमा बसेका नेपालीहरुको उद्दार गर्ने भनेर निर्णय गरे पनि कुन एयरलाइन्सबाट ल्याउने भन्ने विवादले अड्किएको तथा कृषकदेखि उद्योगीले राहत नपाएको उनले बताए ।

आफूहरुले उठाएको प्रश्नको उच्चस्तरीय समन्वय समितिका संयोजकले जवाफ दिनुपर्ने र त्यसले चित्त नबुझे प्रधानमन्त्री आउनुपर्ने सांसद थापाले बताए । सरकारलाई सुतेर बस्न नदिने भन्दै उनले भने, ‘हाम्रो एउटा एउटा हाम्रो प्रश्नको जवाफ चाहिन्छ । जवाफका लागि आज हामीले अनुरोध मात्र गरेका छौं । सदनमा आएर जवाफ दिनुभएन भने बोलेर थपक्क बस्ने दिन गए । अब सरकारले हिसाब किताब दिएपछि मात्र सबै प्रक्रिया अगाडि बढ्ने ठाउँमा पुग्छौं ।’

हेर्नुहोस् भिडियो


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope