लक्षण नभएकाबाट संक्रमण सर्नु ‘दुर्लभ’ : डब्ल्यूएचओ

२७ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) को लक्षण नदेखिएका बिरामी (एसिम्प्टोम्याटिक)बाट स्वस्थ मानिसमा यो रोग सर्नु ‘दुर्लभ’ रहेको बताएको छ ।
जेनेभामा प्रेस बि्रफिङको क्रममा सोमबार डब्ल्यूएचओकी टेक्निकल लिड मारिया भान केरखोभले कहिल्यै पनि लक्षण नदेखिएका संक्रमित वा लक्षण देखिनुभन्दा पहिलाका संक्रमितले अरुलाई यो रोग नसारेको पाइएको बताएकी हुन् ।
डब्ल्यूएचओसँग उपलब्ध डेटा अनुसार अहिलेसम्म यस किसिमको संक्रमण दुर्लभ देखिएको केरखोभले बताएकी हुन् । उनले डब्ल्यूएचओसँग विस्तृतरुपमा कन्ट्याक्ट ट्रेसिङ गरिएको तथ्यांक रहेको बताएकी छिन् । यसमा लक्षण नदेखिएका बिरामीको सम्पर्कमा आएका मानिसमा पनि कोरोना भाइरसको संक्रमण निकै कम मात्र देखिएको कारखोभले बताइन् । यो प्रश्नको वास्तविक जानकारी दिनको लागि यस विषयमा डब्ल्यूएचओले थप अध्ययन गरिरहेको उनको भनाइ छ ।
स्रोत : सीएनएन
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस