महामारीको अन्त्यतिर होइन सुरुवातमै छौँ


कोरोना भाइरस सम्बन्धी अमेरिकी विज्ञ डा. एन्थोनी फाउचीले महामारी अझै नसकिएको बताएका छन्।

कोरोना भाइरसका सम्बन्धमा राष्ट्रपति कार्यालय ह्वाइट हाउसका लागि सल्लाहकारको भूमिकामा समेत रहेका डा. फाउचीले महामारी ‘समाप्त’ भएको भ्रममा नपर्न चेतावनी दिएका छन् ।

बायोटेक कम्पनीका कार्यकारीहरुसँगको विस्तृत छलफलको क्रममा डा. फाउचीले कोरोना भाइरसले विश्वभर गरेको मानवीय क्षति र पीडा अति भयावह रहेको बताउँदै समस्या थप विकराल बन्न सक्ने चेतावनी दिएका हुन्।

डा. फाउचीले कोभिड–१९ लाई आफ्नो ‘खराब सपना’ भन्ने गरेका छन् । उनले अति तीव्र गतिमा फैलिने कोरोना भाइरसको संक्रमणले पछिल्लो चार महिनामा विश्वलाई तहस–नहस बनाएको बताए।

अमेरिकाको नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिज (एनआइएआइडी) का निर्देशक डा. फाउचीले मंगलबार बायोटेक्नोलोजी इनोभेसन अर्गनाइजेशन (बिआइओ) ले गरेको भर्च्युअल सम्मेलनमा भने, ‘र महामारी अन्त्य भएको छैन ।’

कोरोना भाइरस अति चाँडो विश्वभर फैलिएको देख्दा आफू आश्चर्यमा परेको भनेका डा. फाउचीले चाँडै नै सुरक्षित र प्रभावकारी खोप पत्ता लाग्नेमा विश्वस्त रहेको पनि बताए ।

तर अझै पनि कोरोना भाइरसले मानव शरीरमा कसरी आक्रमण गर्छ भन्ने स्पष्ट जानकारी पाउन मुश्किल रहेको र यसमा प्रगति भइरहेको उनको भनाई छ ।

आफ्नो कार्यकालको अधिकांश समय एचआइभीका सम्बन्धमा अध्ययन गर्न बिताएको बताउँदै उनले कोभिड–१९ को तुलनामा एचआइभीको संकट गति सानो देखिएको जानकारी दिए ।

कोरोना भाइरसको महामारी अन्त्यका सम्बन्धमा उनले भने, ‘हे ईश्वर, कहाँ महामारी समाप्त हुँदैछ? हामी त अझै पनि सुरुवातमै छौँ र यसबारे त्यति जानी सकेका पनि छैनौँ ।’

महामारीको सुरुवातमै रहेकाले सावधानी अपनाउनुको विकल्प नरहेको उनले बताए ।

विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ७२ लाख ३८ हजार भन्दा बढी पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ । विश्वमा हालसम्म चार लाख ११ हजार भन्दा बढी मानिसको कोभिड–१९ का कारण मृत्यु भएको छ ।

(Copied from Desh Sanchar)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope