सरिता गिरीको घरमा ढुंगामुढा गर्ने हेमराज थापा पक्राउ


समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरको मूलढोकामा ढुंगामुढा गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुरा जिल्ला स्थायी घर भई काठमाडौंको कीर्तिपुरमा बस्दै आएका २८ वर्षीय हेमराज थापा छन् ।

मंगलबार काठमाडौंको विशालनगरस्थित गिरीको घरको मूलढोकामा ढुंगामुढा गरी क्षति पुर्‍याएको आरोपमा प्रहरीले थापालाई शुक्रबार बिहान पक्राउ गरेको छ ।

उक्त घटनाको भिडियो बनाई युट्युबमा अपलोड गरेको र सो विषयमा सोधपुच्छ गर्ने क्रममा प्रहरीमाथि नै जाइ लागेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


साभार: शिलापत्र


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope