माइतीघरमा युवाहरुको प्रदर्शन


काठमाडौं । केही दिनयता सरकारको विरोधमा देशव्यापी प्रदर्शनरत युवाहरुको समूहले शनिबार राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन् ।

शनिबार संविधान संशोधन प्रस्ताव पारित हुने दिन भएकैले प्रदर्शनको दृश्य केही पृथक पनि देखिन्थ्यो ।

विगतका दिनमा सरकारविरोधी आक्रामक नारा हुने गरेकोमा आजको प्रदर्शनमा संशोधन प्रस्ताव ल्याएर सरकारले राम्रो काम गरेको भन्दै प्रशंसाका व्यानर बोकिनुका साथै र नारा पनि लागेका थिए । उनीहरुले ‘लिपुलेक हाम्रो हो तर आरडीटी नराम्रो हो’ भन्ने आशयका ब्यानर पनि बोकेर माइतीघरमा आएका थिए । यसबाहेक अन्य दिनका जस्तै सरकारकाे विराेध गरिएका नारा अंकित प्लेकार्ड सहभागीले बाेकेका थिए भने सडकमा भाैतिक दूरी कायम गरेर प्रदर्शन गरिएको थियो ।

हुन त संविधान संशोधन प्रस्ताव पारित हुने दिन विरोध प्रदर्शन गर्न नहुने भन्दै विवाद पनि भएको थियो । सोही विवादका कारण आजको प्रदर्शन सोचेअनुरुप प्रभावकारी हुन नसकेको सहभागीहरुको भनाइ छ ।

कुनैपनि पार्टीको नाम नलिई फेसबुकमा बनेको क्लोज ग्रुपबाट सञ्चालित युवाहरुको भनिएको यो आन्दोलनमा ‘घुसपैठ’ दावीसहित शुक्रबारदेखि नै आरोप–प्रत्यारोप सुरु भएको थियो । सोही आरोप प्रत्यारोपका बीच ग्रुपभित्र ‘भोलिको विरोध प्रदर्शन बन्द गरौं’ अर्थात् #StopProtestTomorrow ह्यासट्याग निकै चर्चित भएको थियो ।

आज हुने संविधान संशोधनको पक्षमा नेपालका सबै राजनीतिक दलहरु एकमत छन् । यस्तो अवस्थामा स्वतन्त्र समूहको नामबाट विरोध प्रदर्शन गरिनु व्यवहारिक नभएको धेरैको तर्क छ ।

कोरोनाभाइरस नियन्त्रणमा सरकारले गरेको १० अर्बमा भ्रष्टाचार भएको आन्दोलनकारीको दावी छ । यस्तै सबै नागरिकको पीसीआर परीक्षण गरिनुपर्ने, क्वारेन्टिइनहरुको व्यवस्थापन विश्व संगठनको मापदण्ड अनुसार हुनुपर्ने जस्ता मुख्य माग उनीहरुको छ ।

साभार: रातो पाटी


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope