पोखरा, ३० जेठ । पोखरा उद्योग वाणिज्य संघले लकडाउन खुकुलो बनाउने सरकारको निर्णयको स्वागत गर्दे सरकारले तोकेका मापदण्ड पूरा गर्दै सुरक्षित तरिकाले आफ्नो व्याापार÷व्यवसाय संचालन गर्न व्यवसायीहरुसँग आग्रह गरेको छ ।
संघका महासचिव अर्जुन पोखरेलद्धारा शुक्रबार जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय श्रम संगठनले विश्व स्वास्थ्य संगठनले तोकेका सुरक्षाका मापदण्ड श्रमिकको हकमा पनि उत्तिकै अपरिहार्य भएको भन्दै सुरक्षा मापदण्ड पूरा गर्न आग्रह सन्दर्भमा जोड्दै उद्योगी÷व्यवसायी, श्रमिक र उपभोक्ता सबैलाई आफू सुरक्षित हुन तथा सुरक्षाका सबै उपाय कडाईका साथ अवलम्बन गर्न अनुरोध पनि गरिएको छ ।
यसका साथै संघले लकडाउनले उद्योग÷व्यवसायमा पारेको असरको मूल्याङकन गर्दै यसअघि घोषित राहत र सहुलियतका कार्यक्रम तत्काल लागु गर्न पनि माग गरेको छ । विज्ञप्तिमा सर्वोच्चसर्वोच्च अदालतले लकडाउन पूर्ण रुपले खुलेको ३० दिनभित्र सबै प्रकारका कर बुझाउन सक्ने गरि नेपाल सरकार, अर्थमन्त्रालय, आन्तरिक राजश्व विभागको नाममा जारी गरेको अन्तरिम आदेशको स्वागत गरेको छ । ‘सम्मानित अदालतले लकडाउन पूर्ण रुपले खुलको केही अवधिसम्म सामाजिक दूरी लगायत अन्य विभिन्न सुरक्षित रहने उपायहरु अवलम्बन गर्नु पर्ने अवस्था परिस्थितिलाई विचार गरी विवरण र कर राजश्व दाखिल गर्ने प्रक्रिया र कार्यविधिलाई सरलीकृत गर्नू’ भन्ने आदेशको पनि पालना हुन्छ भन्नेमा हामी ढु्क्क छौं’, विज्ञप्तिमा भनिएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com