पेरुमा एक जना डाक्टरलाई कोरोबाटबाट बच्नका लागि क्लोरिन डाइअक्साइड खान सल्लाह दिएपछि बर्खास्त गरिएको छ ।
डा.अमीलकार वांकावारी कोरोना भाइरसको महामारी नियन्त्रणका लागि बनेको दक्षिणी प्रान्त आयाइचोको रेस्पोन्स टिमका प्रमुख थिए ।

क्लोरिन डाइअक्साईड ब्लीचजस्तै एक कीटनाशक औषधि हो । जसको प्रयोग उद्योगमा गर्ने गरिन्छ । यो रसायन मानिसका लागि घातक साबित हुनसक्छ ।
डाक्टर वांकावारीले कोरोना भाइरसको लक्षण रहेकाहरुलाई यो रसायन खान दिनुपर्ने बताएका थिए । एक पत्रकार सम्मेलनमा उनले भने, ‘कोभिड–१९ का विरामीका लागि क्लोरिन डायअक्साइडको परीक्षण भइरहेको छ र उनीहरुको स्वास्थ्यमा सुधार आएको छ ।’
आयाइचोका गभर्नर कार्लोस रुआले यसपछि पत्रकार सम्मेलनमा वांकावारीले व्यक्त गरेको विचार व्यक्तिगत भएको र सरकारी प्रतिनिधिसँगको बैठकमा सय विषयमा कुराकानी नै नभएको बताएका छन् ।
यसको केही घन्टापछि कार्लोस रुआले वांकावारीलाई पदबाट बर्खास्त गरिएको घोषणा गरेका छन् ।
साभार: शिलापत्र
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com