गण्डकी प्रदेशले कोरोना कोषलाई ६० करोड छुट्यायो
काठमाण्डौ, २ असार ।गण्डकी प्रदेशले ६० करोड ४० लाख कोरोना रोकथाम तथा नियन्त्रणका कोषका लागि छुट्याएको छ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेट प्रस्तुत गर्दै पिसिआर परीक्षण तथा औषधी उपकरण खरिद तथा कोष स्थापनाका लागि सो रकम छुट्याएको बताएका हुन्।
गुणस्तरीय क्वारेन्टाइनको निर्माण र संचालन, संक्रमितको उपचारका लागि विशेष अस्पताल र आइसोलेसन कक्षको स्थापना र सञ्चालन, सबै जिल्ला अस्पतालहरूमा शैय्या थप गरी सघन उपचार कक्ष स्थापना, पिसिआर परीक्षण, औषधि उपकरण खरिदका लागि सो कोषको रकम प्रयोग गरिने उनको भनाइ छ।
क्षेत्रगत पुनरोत्थानका लागि व्यवसाय जीवन रक्षा कोष स्थापना गर्न प्रदेशले १ अर्ब छुट्याएको छ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस