छिट्टै कोरोनाको भ्याक्सिन पाउँदैछौं, डोनाल्ड ट्रम्प


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको एउटा भ्याक्सिन छिट्टै प्राप्त हुन लागेको बताएका छन्।

एरिजोना राज्यमा आयोजित चुनावी र्‍यालीमा विद्यार्थीहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

यसक्रममा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा उनको सरकारले गरेका कामहरूको विवरणसमेत पेस गरेका थिए।

सम्बोधनकामा उनले केही मानिसहरूले कोरोना भाइरसलाई ‘वुहान भाइरस’, ‘कुङ फ्लु’ र ‘चाइनिज फ्लू’ समेत भन्ने गरेको उल्लेख गरेका थिए।

‘हामीले छिट्टै एउटा भ्याक्सिन पाउँदैछौं, हामीले अमेरिकी सेनाको तागत देखाइदिएका छौं’, उनले भने।

उनले विरामीहरूलाई बचाउन भेन्टिलेटरको कमी हुन नदिएको बताउँदै न्यू योर्कमा आफ्नो सरकारले अस्पताल बनाएको भएपनि प्रयोग नगरेको बताए।

कोरोनाका कारण अमेरिकाको अर्थव्यवस्थामा गम्भीर धक्का परेको छ।

यसले बेरोजगारी बढाउने संकेत देखाइरहेको छ।

यसमाथि चर्चा गर्दै उनले ३ अर्ब अमेरिकी डलरको कोष बनाउने विधयेक पास गरेको बताए।

‘हामीले अमेरिकी अर्थ व्यवस्थाको यस समस्याबाट बच्न तीन अर्ब अमेरिकी डलरको विधयेक पास गरेका छौं। तपाईहरू जस्ता अमेरिकी विद्यार्थीको रोजगारी सुनिश्चितता गर्न हामीले एउटा ऐतिहासिक फैसला लिएका छौं, जसले रोजगारी विदेशीको हातमा जानबाट रोक्नेछ। हामीले यो युद्ध अमेरिकी तरिकाले जित्नुपर्छ’, उनले भने।

उनले सो र्‍यालीमा अमेरिकाले धेरैभन्दा धेरै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए।

‘हामीले मानिसहरूलाई उनीहरूको योग्यता अनुसारको ठाउँ दिनसक्नुपर्छ। यसो नगर्दा समस्या आउनसक्छ’, उनले भने।

हाल अमेरिकामा कोरोना संक्रमितको संख्या २३ लाख ३८ हजार २ सय ७५ पुगिसकेको छ भने मृतक संख्या १ लाख २१ हजार १ सय ५७ पुगेको छ।

साभार: सेतो पाटी


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope