कोरोना भाइरसविरुद्ध नयाँ खोप चीनले फेरि बनायो


कोरोना भाइरसविरुद्धको खोप बनाउन विश्वका शक्तिशाली मुलुकहरुले आफ्नो ध्यान केन्द्रित गरेका छन् ।

अमेरिका र बेलायतले खोप बनाउने र परिक्षण गर्ने काम गरिराखेका बेला चीनले दोस्रो पटक कोरोना भाइरसविरुद्ध नयाँ खोप विकास गरेको दाबी गरेको छ।

चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी)ले दिएको जानकारीअनुसार यो खोप मानिसमा समेत परीक्षण भइसकेको छ । पहिलो परिक्षणमा यो सुरक्षित देखिएको कम्पनीको दाबी छ ।

१ हजार १ सय २० जना स्वस्थ मानिसलाई परीक्षण खोप लगाइएको र उनीहरुमा यसले उच्च मात्रामा रोग प्रतिरोधात्मक क्षमता बढाएको कम्पनीले दाबी गरेको छ।

दोस्रो चरणको परीक्षण गर्ने तयारी भएको छ । यो पनि सफल भएमा तेस्रो चरणमा हजारौं मानिसलाई खोप दिइनेछ । त्यो पनि सफल भएमा खोप प्रमाणित हुन्छ र आम प्रयोगमा ल्याइने कम्पनीले जनाएको छ।

रोयटर्सका अनुसार यसअघि यही कम्पनीले वुहानको युनिटमा कोरोनाविरुद्ध एउटा खोप बनाइसकेको छ। यो दोस्रो खोप हो।

अहिलेसम्म चीनमा ८ खोपलाई मानवमा परीक्षणका लागि सरकारले चिनियाँ कम्पनीलाई अनुमति दिएको छ।

साभार: नेपाल समय


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope