मौद्रिक नीतिका बारेमा लेउवा संघमा छलफल


लेखनाथ,७ साउन । नेपाल राष्ट्र बैंकबाट आ.व. २०७७÷७८ का लागि जारी भएको मौद्रिक नीतिका बारेमा मंगलवार लेखनाथ उद्योग बाणिज्य संघमा छलफल कार्यक्रमको आयोजना गरिएको छ ।

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावका वारेमा ब्यवसायीहरुका समस्यलाई सम्वोधन गर्ने गरि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा ब्यवस्था भएका विषय बस्तुका बारेमा नेपाल राष्ट्र बैक गण्डकी प्रदेश कार्यालयका निर्देशक डिल्लीराम पोख्रेलले जानकारी गराएका थिए ।

नेपाल राष्ट्र बैंकले वि सं २०५९÷६० देखि ल्याउदै आएको मौद्रिक नितीलाई यस वर्ष भिन्न र फरक शैलिमा प्रस्तुत गर्दा कोरना भाईरसका कारण मारमा परेका आम उद्योग ब्यवसायीहरुलाई केही हदसम्ममा भए पनि राहत मिलेको सहभागी ब्यवसायीहरुको ठहर थियो ।

यस वर्षको मौद्धिक नीतिमा जेष्ठ मसान्त सम्मको आर्थिक सर्वेक्षणका आधारमा कोभीड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावका कारण गत वर्षको आर्थिक बृद्धिदर ६.८ भए पनि यस बर्षको आर्थिक बृद्धिदर २.३ कायम राख्न सफल भएकोलाई पनि प्रगति नै भएको नेपाल राष्ट्र बैंकको आकडा रहेको निर्देशक पोख्रेलको भनाई रहेको थियो ।

मौद्धिक नीतिले साना देखि ठुला ब्यवसाय र विशेष गरि बैक तथा वित्तिय संस्थालाई सहयोग पुग्ने खालका नीति तथा नियमवालीहरु तयार पारेकाले आम ब्यवसायीहरुबाट सकारात्मक सुझाव आएको निर्देशक पोखरेलले बताएका थिए ।

लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पुर्व अध्यक्षहरु चतुराखर अधिकारी, बाबुराम गिरी, लक्ष्मी प्रसाद त्रिपाठी र प्याप्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा लगायतले मौद्धिक नीतिले ब्यवसायीका समस्यालाई केही हदसम्म भए पनि सम्वोधन गरेकाले स्वागत योग्य भएको र यसको कार्यान्वयन पक्षलाई विशेष जोड दिनुपर्ने सुझाव राखेका थिए ।

संघका महासचिव गोपिचन्द्र बास्तोलाले संचालन गरेको उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले धन्यवाद ज्ञापन गरेका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope