क्रिकेटर पारसको ब्याटिङ वरीयतामा सुधार


काठमाडौं, भदाै १८ । नेपाली क्रिकेट टाेलीका सदस्य पारस खड्रकाकाे अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टीको ब्याटिङ वरीयतामा सुधार भएको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार पारसको ब्याटिङ वरीयता ४ स्थान सुधार भएको हो ।

नयाँ ब्याटिङ वरीयतामा पारस ७१ औं स्थानमा उक्लिएका छन् । यसअघि उनी ७५ औं स्थानमा रहेका थिए ।

नेपालका ग्लोबल आइकन सन्दीप बलिङ वरीयता भने यथावत रहेको छ । नयाँ वरीयतामा सन्दीप ७९ औं स्थानमा रहेका छन् ।

टी- ट्वान्टीको राष्ट्रिय वरीयतामा नेपाल १५ औं स्थानमा यथावत रहेको छ । यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो ।

नेपालको टी-ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ ।

यस्तै,एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope