तीन प्रस्तावित राजदूतविरुद्ध पाँच उजुरी


काठमाडौं, भदौ २५ । पाकिस्तान, जर्मनी र युरोपियन युनियनका लागि नेपाली राजदूतमा सिफारिस भएका तीन जनाको बिहीबारदेखि संसदीय सुनुवाइ सुरु भएको छ ।

सरकारले बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई सिफारिस गरेको थियो । उनीहरुविरुद्ध पाँच वटा उजुरी परेका छन् ।

समिति सचिवालयका अनुसार एउटा उजुरी बेल्जियमका लागि सिफारिस भएका राजभण्डारीवरुद्ध छ भने ४ वटा उजुरी किटानीविनाका छन ।

अन्य उजुरीहरुमा सिफारिस समावेशी र समानुपातिक नभएको दाबी गरिएको छ। राजदूत सिफारिस गर्दा संविधानको भावना र मर्म अनुसार नभएको दाबी उजुरीमा गरिएको छ ।

महिला, दलित, आदिवासीलगायत अन्यको प्रतिनिधित्व नभएको दावी उजुरीमा गरिएको छ ।
सरकारले राजदूतका लागि सिफारिस गरेपछि सुनुवाइ समितिले भदौ १२ गते उजुरी आह्वान गरेको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope