एजेन्सी, भदाे २६। कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ७७ लाख नाघेको छ ।  

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७७ लाख ३८ हजार १७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ५० हजार ३ संक्रमित थपिएका छन् । 

कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ९९ हजार ९१६ को मृत्यु भइसकेको छ ।  

पछिल्लो २४ घण्टामा कोरोनाका कारण विश्वमा ४ हजार ८८० कोरोना संक्रमितको मृत्यु भएको छ । 

अघिल्लो २४ घण्टामा विश्वमा ३ हजार ८३८ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।  

विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ९९ हजार ९१६ जनाको मृत्यु भइसकेको छ । 

संक्रमितको संख्या २ करोड ७७ लाख ३८ हजार १७९ पुगेको छ ।  

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.