आवासीय चिकित्सकद्वारा वीर लगायत तीन अस्पतालमा बहिरंग सेवा बहिष्कार


काठमाडौं, असाेज २० । तीन वटा मेडिकल कलेजका आवासीय चिकित्सकहरूले आजबाट बहिरंग सेवा ‘ओपीडी’ बहिष्कार गरेका छन् ।

२३ दिनदेखि चिकित्सा शिक्षा सुधारको मागसहित अनसनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरूले ओपिडी सेवा बहिष्कार गरेका हुन् ।

तीन शिक्षण संस्थाका चिकित्सकले विज्ञप्ति जारी गर्दै अनसनको २२ दिन पुरा भइसक्दापनि सरकारले बेवास्ता गरेको भन्दै चरणवद्ध आन्दोलनको घोषणा समेत गरेका छन् । आन्दोलनका क्रममा कोरोना भाइरस संक्रमित,आकस्मिक तथा इन्डोर सेवामा भने अवरोध नगरिने विज्ञप्तिमा उल्लेख छ ।

आवासीय चिकित्सकले डा. केसीको जीवनरक्षाका लागि वार्ता टोली गठन गर्न माग पनि गरेका छन् । अनसनरत केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope